March 31, 2008
विटा सफ्टवेयरको धमाका!
आज केहि विटा सफ्टवेयरहरुका बारेमा लेख्न गैरहेको छु । जुन सफ्टवेयरहरु साच्चै नै उपयोगी हुनेछन तपाइका लागि ।
मैले आज कुरा गर्ने विटा सफ्टवेयरहरु
इन्टरनेट एक्प्लोरर ८.० विटा फर वेव डिजाइनर्स एण्ड डेवलपर्स
फायरफक्स 3.0 विटा
याहु म्यासेन्जर 9.0 विटा
उवन्टु लिनक्स 8.04 विटा
माइक्रोसफ्ट एक्सप्रेसन स्टुडियो 2 विटा
इन्टरनेट एक्प्लोरर ८.० विटा फर वेव डिजाइनर्स एण्ड डेवलपर्सः कुरा सुरु
गरौं पहिला माइक्रोसफ्टको इन्टरनेट एक्प्लोरर ८.० विटा फर वेव डिजाइनर्स एण्ड डेवलपर्स को !
हजुर इन्टरनेट एक्प्लोरर ८.० विटा तपाइहरुका लागि तयारी छ । हेर्दा ७.० जस्तै लाग्ने यो भर्सनमा एक्टिविटिज तथा वेव स्लाइसेज नयाँ सुविधाहरु थपिएको छ । यसमा तपाई RSS FEED लाई नयाँ रुपमा देख्न सक्नुहुनेछ । यदि तपाईलाइ यो भर्सन मन परेन भने ७.० मा जान पनि सक्नुहुन्छ ।
फायरफक्स प्रयोग गरिरहेकाहरुलाई यसले IE तर्फनै तान्ने विश्वास लिइएको छ ।
यदि तपाईपनि प्रयोग गरेर हेर्न चाहनुहुन्छ भने यहाँ जानुहोस
लिङ्क http://www.microsoft.com/windows/products/winfamily/ie/ie8/getitnow.mspx
फायरफक्स 3.0 विटाः फायरफक्सपनि इन्टरनेट एक्सप्लोररसँगको प्रतिस्पर्धामा उत्रिएको छ मोजिला फायरफक्स 3.0 विटा लिएर । यो भर्सनलाई पुरानोभन्दा फरक देखाउन हरेक अपरेटिङ सिस्टमका लागि फरक फरक थिमका साथ प्रस्तुत गरिएको छ । वेवपेजहरु छिटो लोड गर्नुका साथै मेमोरी पनि कम लिने यो भर्सनले एड्रेसबारको अटोकम्प्लिटले अव तपाईको हिस्ट्रिबाट टाइटलहरु समेत खोजेर प्रस्तुत गर्नेछ ।
लिङ्क ttp://www.mozilla.com/en-US/firefox/all-beta.html
याहु म्यासेन्जर 9.0 विटाः याहु म्यासेन्जरले नयाँ थिम, नयाँ इन्टरफेसका साथ आएको छ । यदि तपाई कसैलाई तस्विरको लिङ्क पठाउनुभयो भने यसको तस्विरको प्रिभ्यु तत्कालै देखाउने छ ।
लिङ्क http://messenger.yahoo.com/
उवन्टु लिनक्स 8.04 LTS विटाः २ बर्षपछि विश्वको सवैभन्दा प्रसिद्ध लिनक्सको लङ टर्म सपोर्टको विटा भर्सन बजारमा आएको छ । वुटेवल भर्सनमा पाइने यो भर्सन विण्डोजका युजरहरुले कमसेकम एक पटक प्रयोग गरेर हेर्दा राम्रो हुन्छ । नेट सर्फिङ तथा अफिस एप्लिकेशन मात्र चलाउने प्रयोगकर्ताहरुले निर्धक्कसँग यो भर्सन चलाएहुन्छ । यदि परिक्षणमात्र गर्ने भएपनि कुनै डिक्स पार्टिसनको कुनै जरुरत पर्दैन ।
लिङ्क http://linux.softpedia.com/get/System/Operating-Systems/Linux-Distributions/Ubuntu-Hardy-Heron-32974.shtml
यदि विटा प्रयोग गर्न चाहनुहुन्न अप्रिलसम्म कुर्नुपर्ने हुन्छ । यसको कुरा भर्सन अप्रिलमा बजारमा आँउदैछ ।
माइक्रोसफ्ट एक्सप्रेसन स्टुडियो 2 विटाः प्रोफेसनल वेव डिजाइनरका लागि दोस्रो संस्करण आएको छ । पहिला माइक्रोसफ्टको ASP.NET मात्र काम गर्न भएकोले निकै आलोचना खाएको हुँदा यसपटक PHP पनि सपोर्ट गर्ने सुविधा यसमा रहेको छ ।
लिङ्क http://www.microsoft.com/expression/products/SysReq.aspx?key=studio2beta