April 2, 2008
एउटै सिडीमा कसरी धेरैपटक राइट गर्न सकिन्छ ।
साधारणतया हामीहरु एउटा सिडीमा फेरी डाटाहरु राख्नुपर्यो भने CD-RW प्रयोग गर्छौं । तर साधारण R सिडीलाई पनि धेरैपटक प्रयोग गर्न सकिन्छ । यसबाट तपाईसँग भएको ७०० एमवीको सिडीमा धोरै धोरै फाइलहरु पछिसम्म भरेर राख्न सकिन्छ । अथवा त्यसलाई सिडिबाट मेटाउन पनि सकिन्छ। त्यसका लागि तपाईसँग हुनुपर्नेछ NERO सफ्टवेयर आवश्यक पर्छ। यदि तपाईसँग नेरो सफ्टवेयर छैन भने तपाईको सिडी आरडब्लु ड्राइभसँगै आउने सीडीमा रहेको हुन्छ नेरो ।
पहिला निरो खोलेपछि Make Data Disk मा क्लिक गर्ने त्यसपछि सीडिमा राख्न चाहेको फाइललाई रोज्नुहोस । यदि तपाईसँग ३०० एमवीको फाइल छ भने ४०० एमवी खाली स्पेस पछि फेरी भर्न सक्नुहुन्छ ।

अव नेक्स्टमा क्लिक गरेपछि तस्विरमा देखाइएको जस्तो विण्जोज देखा पर्छ । त्यसमा रहेको “Allow Files to be added later (Multisession disc” मा सेलेक्ट गर्नुहोस र वर्न गर्नुहोस । त्यहि सिडिलाई तपाई फेरी सोही प्रक्रियाले पुनः प्रयोग गर्न सक्नुहुन्छ।
यसरी एउटै सिडीलाई तपाई त्यसको स्पेस नसकिनेबेलासम्म धेरै पटक प्रयोग गर्न सक्नुहुन्छ ।