April 15, 2008
५ लाख संगित भण्डार गर्नेछ ‘रेसट्रयाक’ले
अमेरिकी अनुसन्धानकर्ताहरुले कम्प्युटर मेमोरीको एउटा नयाँ माध्यम फेला पारेको खुलासा गरेका छन् । जसको प्रयोगबाट डिजिटल प्लेयरहरुमा ३५०० फिल्महरु अथवा ५ लाख संगित भण्डार गर्न सकिनेछ। यो स्टोरेज डिभाइस आकारमा सानो हुनुका साथै भण्डारण क्षमता धेरै गुणा र कार्यक्षमता अत्यन्तै छिटो हुनेछ । त्यति मात्र होइन यो सस्तो पनि हुनेछ र टिकाउ पनि ।
क्यालिफोर्नियाको सान जोस स्थित आइविएमको ल्यावमा कार्यरतअनुसन्धानकर्ताहरुले कम्प्युटर मेमोरीको नाम ‘म्याग्नेटिक रेसट्रयाक मेमोरी’ राखेको हुन । उनीहरु दावी गर्छन कि यो आकारमा जती सानो हुनेछ कार्यप्रणाली अति छिटो हुनेछ । अव आउने केहि बर्षपछि आइपोड तथा अन्य MP3 प्लेयरहरुको क्षमता १०० गुणासम्म बढाउन सकिन्छ । यसले डिजिटल प्लेयरहरुमा संगित तथा फिल्म संग्रहमा क्रान्ति आउनेछ ।
आजकल धेरैजसो ड्स्कटप कम्प्युटर हार्डड्राइव म्याग्नेटिक, सोलिड, फास्ट स्पिनिङ डिस्कमा डाटा स्टोर गर्छन जवकि साना ह्याण्डहेल्ड डिभाइसमा फ्लास मेमोरी प्रयोग गरिन्छ जसमा इलेक्ट्रोनिक सर्किटद्धारा धेरै भन्दा धेरै सुचनाहरु भण्डारण गर्न सकिन्छ ।
हार्ड डिस्क सस्तो त हुन्छ तर यसको स्पिड कम हुनुको साथै छिटै विग्रने खतरा पनि रहन्छ । यि दुवै स्टोरेज डिभाइसमा हुने समस्या भनेको छिटै तात्नु हो । यसरी डिभाइस छिट्टै तात्ने समस्याले यसको उपयोगिता सिमित हुन जान्छ ।
बैज्ञानिकहरु दावी गर्छन कि रेसट्रयाक मेमोरीमा यी समस्याहरु हुनेछैनन । साथै यिनीहरु सस्ता, बलिया र द्रुतगतिका हुनेछन। यिनलाई चलाउन एकदमै कम उर्जा भए पुग्छ । जसले गर्दा एउटा व्याट्रीबाट हप्तौसम्म पनि चलाउन सकिन्छ ।
आइवीएमका बैज्ञानिक डा. स्टुआर्ड पार्किन बताँउछन कि यो रेसट्रेक मेमोरी नानो स्केल को चुम्वकिय क्षेत्रको विचको भित्तामा डाटा भण्डारण गर्छ । नानो स्केल मानिसको कपालको रौ भन्दा १००० गुणा सानो भाग हो । उनी थप्छन कि यसले स्टोरेज प्रविधिमा क्रान्ति ल्याउनेछ ।