April 17, 2008
आँउदैछ विण्डोजको नयाँ भर्सन
माइक्रोसफ्टका संस्थापक विल गेट्सले आउने बर्ष विण्डोजको नयाँ भर्सन बजारमा आउने खुलासा गरेका छन् । जसको नाम हुनेछ ‘Windows 7′ । यो विश्वका ९० प्रतिशत कम्प्युटरमा आफ्नो वर्चश्व कायम राखेको नामी सफ्टवेयर कम्पनी माइक्रोसफ्टको मुख्य उदेश्य अपरेटिङ सिष्टमलाई छिटोछिटो अपडेट गर्दै लानु हो । यो सफ्टवेयर भिष्टाको पछिल्लो अपडेटेड सिस्टम हुनेछ ।
३ बर्षभित्रमा (सन् २०१० मा ) बजारमा ल्याउने कुरा खुलाइएको भएपनि त्यो भन्दा अगाडी नै बजारमा आउने अनुमान गरिएको यो भर्सन ३२ तथा ६४ विटमा चल्नेछ । यसको सर्भर एडिसनलाई ‘विण्डोज सर्भर 7′ नामाकरण गरिएको छ ।
नयाँ भर्सनलाई Blackcomb वा Vienna भनेर पनि चिनिनेछ ।
स्मरण रहोस बजारमा आउनुपुर्व निकै चर्चामा रहेर पनि बजारमा आएपछि विण्डोज भिष्टाले युजरहरुको ध्यान त्यति तान्न सकेन । युजरहरुले यसलाई त्यति रुचाएनन । यसलाई निकै ‘स्लो’ भनेर उपेक्षित गरिएको थियो ।
आशा गरौं यसले सबै युजरहरुको ध्यान केन्द्रत गर्न सकोस ।
केहि स्क्रिनसटहरु
पुर्ण साइजको तस्विरका लागि तस्विरमा क्लिक गर्नुहोस