March 29, 2008
अव मसी चहिने भएन प्रिन्टरमा
पोलोराइड! यो नाम सायद धेरैले सुनेको हुनुपर्छ । यो क्यामेराले तस्विर खिच्दासाथ तत्कालै क्यामेराबाटै तस्विर निस्कने टेक्नोलोजी हो । इंकजेट प्रिन्टरले बजार जमाउनु अघि यसले बजार लिएको थियो । तर इंकजेट प्रिन्टरले यसलाई ओझेलमा पारिरहेको बेला यो नयाँ प्रविधि र उच्च क्वालिटिमा बजारमा आँउदैछ ।
यो एक सानो हत्केलामा अटाउने ग्याजेट हो जसले निकै तहल्का मच्चाउने विश्वास लिइएको छ फोटो प्रिन्टको दुनियाँमा ।
ZINK अथवा Zero Ink
जिंक पेपर एउटा प्रभावशाली अत्याधुनिक कम्पोजिट मेटेरियलद्धारा निर्मित छ यसको सबैभन्दा राम्रो खुवी भनेको यसमा एक थोपापनि मसी हुनेछैन । मसीको सट्टा यसमा जिंक क्रिस्टल हुनेछ जुन तातोका कारणले रंगमा रुपान्तार हुन्छ । यो फोटो प्रिन्टको दुनियाँमा क्रान्तकारी सावित हुनेछ । किनकी अहिले बजारमा चलिरहेका प्रिन्टरको मसी अति महंगो हुने गर्दछ तर जिंक एउटा अनिज पदार्थ हो जसलाई न्युनतम मुल्यमा यसलाई प्रयोग गर्न सकिन्छ ।
कस्तो हुनेछ यो प्रिन्टर ?
हेर्दा सानो देखिने यो प्रिन्टर प्रयोगकर्ताहरुको मन भने राम्रैसँग छुनेछ । वाटरप्रुफ तथा इनविल्ट प्रिन्टिङ सिष्टमयु्क्त यो प्रिन्टरले प्रयोगकर्ताहरुको इच्छा शुलभ मुल्यमा पुरा गर्नेछ । यसले ब्लु टुथ र यु एस वि सपोर्ट गर्छ जसको प्रयोगबाट मोवाइल र क्यामेराबाट तत्कालै क्यालिटियुक्त फोटो प्रिन्ट गर्न सकिनेछ । तपाईपनि यसको प्रयोग गर्ने कि ? प्रतिक्षा गर्नुहोस छिटै यसले बजारमा पाइला टेक्दैछ ।