April 13, 2008
इन्टेक्स मोवाइलको बारेमा सायद धेरैलाई थाहा नहुन सक्छ किनकी यसको बजार खासै छैन । इन्टेक्सका अन्य सामानहरु हामीले देखेपनि इन्टेक्सले मोवाइल पनि बनाउँछ भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्छ ।
तर इन्टेक्सको Intex IN2020 ले तपाईलाई अवश्य आश्चार्यमा पार्नेछ । यसको व्याट्रीले २५ दिनसम्मको स्ट्याण्डवाई दिने कुरा कम्पनीले जनाएको छ भने टकटाइम ७ घण्टासम्म हुने बताएको छ । यसमा 1500mAh पावरको व्याट्री लगाइएको छ । भारतिय बजारमा भारु २००० मुल्य तोकिएको यो मोवाइललाई नेपाली बजारमा भने कतिमा विक्रि गरिने हो त्यो भने यसै भन्न सकिन्न । सामान्य मोवाइल भएपनि यसको व्याट्रीको कारण यो मोवाइलले बजार लिन नसक्ला भन्न सकिन्न।
March 30, 2008
तस्विरमा देखिने Iqua Smart Badge BHS-608 एक नविनतम ब्लुटुथ डिभाइस हेर्दा जति स्टाइलिस लुक छ त्यतिकै स्टाइलिस रहेको छ ।
यसले गर्ने कामः साधारण आइडी कार्ड जस्तो देखिने यो हो ब्लुटुथ हेन्ड्सफ्री डिभाइस जसले साधारणतया ब्लुटुथ डिभाइसले गर्ने काम भन्दा भिन्दै काम गर्छ । भाइब्रेसन युक्त यो डिभाइसको ४० घण्टा टकटाइम तथा ६०० घण्टाको स्ट्याण्डबाई टाइम नै पुरा छ यसको परिचयको लागि ।
ब्लुटुथ भएका कुनैपनि मोवाइल या डिभाइससँगै सिधै सम्पर्क राख्ने यो डिभाइसमा भ्वाइसकल एलर्ट र
अटो अन अफ सुविधा पनि रहेको छ । यो डिभाइसले एकै साथ ८ वटा डिभाइसहरु सँग सम्पर्क राख्न सक्छ जसबाट ग्रुप कम्फरेन्स गर्न समेत सकिन्छ । तर यो डिभाइस अहिले अमेरिकाको बजारमा मात्र सिमित छ । ७९$ यसको मुल्य रहेको छ जुन साधारणतया त्यहि महँगो भने होइन यसको सुविधाको तुलनामा ।
March 29, 2008
मोवाइल संचारको साधनमात्र रहेन अव । हरेक दिन मोवाइल प्रयोगकर्ताहरु नौलो डिजाइन र नयाँ सुविधायुक्त मोवाइल चाहन्छन । त्यसैले त मोवाइल निर्माताहरु पनि जोडदार तरिकाले नयाँ डिजाइनका मोवाइलहरु निर्माण गर्न तल्लिन रहेका छन् ।
एउटा नौलो डिजाइनको मोवाइल लिएर आएको छ नोकियाले । NOKIA 888 नाम दिइएको उक्त मोवाइलको विशेषता भनेको त्यसलाई खल्तीमा नराखी नाडीमा लगाउनु मिल्छ अथवा फोल्ड गरेर राख्न मिल्छ । यो लचकदार डिजाइनमा बनेको छ । (more…)