May 1, 2008
के तपाईसँग एउटाभन्दा धेरै गुगल एकाउन्ट छन् र सबैलाई एकैपटक प्रयोग गर्न चाहनहुन्छ । तर Gtalk त एकपटकमा एउटामात्र खुल्छ । यसको समाधान यहाँ प्रस्तुत गरेको छु ।
Step1
सबैभन्दा पहिला Gtalk को सर्टकर्टमा गएर राइट क्लिक गर्ने अनि Proporties मा क्लिक गर्ने ।
step2
अब Target मा यस्तै केहि लेखेको हुन्छ, “C:\Program Files\Google\Google Talk\googletalk.exe”
step3
अब Target मा “-nomutex” जोड्नुहोस यसलाई हेर्दा यस्तो देखिन्छ । “C:\Program Files\Google\Google Talk\googletalk.exe” -nomutex
तलको तस्विरमा हेर्नुहोस 
step4
अब यसलाई OK गर्नुहोस र एकैपटक धेरै Gtalk मा अनलाइन हुनुहोस ।
April 18, 2008
अहिले धेरैको कम्प्युटरमा देखिने भाइरस हो KINZA भाइरस । जो मुख्य गरेर पेन ड्राइभ र अन्य रिमुभेवल ड्राइभहरुबाट सर्ने गर्छ । यसको समाधान आज मैले यहाँ पोष्ट गरेको छु । यो भाइरस लागेपछि निम्न लक्षणहरु देखा पर्छ । (more…)
April 8, 2008
गुगल जिमेलले एउटा गजवको कुरा लुकाएर राखेको रहेछ । एउटै जिमेल एकाएण्टलाई धेरै बनाउन सकिने रहेछ । तपाईसँग जिमेलको एकाउण्ट छ your.name भने त्यसलाई तपाई विभिन्न किसिमबाट त्यस एकाउण्टलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ । जस्तै your.name, yourname, yourname+yourcast आदि आदि।
उदाहरण हेर्नुहोस तलको स्क्रिनसटमा

मैले बेनीअनलाइनको जिमेल एकाउण्टबाट मेरो जिमेलको एकाउण्ट harikarki2003+hi मा इमेल गरेको छु । तपाईलाई लाग्न सक्छ कि harikarki2003+hi पनि जिमेल एकाउण्ट होला र ?
फेरी हेर्नुहोस इमेल गएको छ कि छैन मेरो जिमेलमा तलको तस्विरमा इमेल गएको छ ।

यसको मतलव (more…)
April 7, 2008
तपाई आफ्नो कप्युटरको डिटेल इन्फर्मेशन पाउन चाहनुहुन्छ भने एउटा सजिलो उपाय यहाँ प्रस्तुत गरेको छु ।
सबैभन्दा पहिला Start बाट Run मा जानुहोस र CMD टाइप गरि इन्टर गर्नुहोस ।


अव खोलिएको कमाण्डमा systeminfo टाइप गरि इन्टर गर्नुहोस अनि हेर्नुहोस आफ्नो कम्प्युटरको आन्द्राभुँडी ।


यो प्रयोग Windows XP मा काम गर्छ तर अरु विण्डोजमा गर्छ या गर्दैन हेर्नुहोला ।
April 2, 2008
आज केहि हिन्दी ब्लगहरु हेरिरहेको थिंए । उनीहरु ब्लगमा धेरै अगाडी पुगिसकेका छन् । नेपाली ब्लगरहरु औंलामा गन्न सकिने छन तर हिन्दी ब्लगरहरु गनेर नसकिने रहेछन । त्यसैले होला हिन्दी ब्लगर तथा पाठकहरुका लागि समेत धेरै सुविधाहरु हिन्दीमा उपलब्ध रहेका छन् ।
अव लागौं मुख्य कुरातिर । के तपाईलाई ब्लग पढ्न अल्छी लागेको छ र त्यसलाई सुन्न चाहनुहुन्छ? अंग्रेजी ब्लग मात्र होइन अव नेपाली ब्लग पनि सुन्न सकिन्छ अनलाइनमा । (more…)
साधारणतया हामीहरु एउटा सिडीमा फेरी डाटाहरु राख्नुपर्यो भने CD-RW प्रयोग गर्छौं । तर साधारण R सिडीलाई पनि धेरैपटक प्रयोग गर्न सकिन्छ । यसबाट तपाईसँग भएको ७०० एमवीको सिडीमा धोरै धोरै फाइलहरु पछिसम्म भरेर राख्न सकिन्छ । अथवा त्यसलाई सिडिबाट मेटाउन पनि सकिन्छ। त्यसका लागि तपाईसँग हुनुपर्नेछ NERO सफ्टवेयर आवश्यक पर्छ। यदि तपाईसँग नेरो सफ्टवेयर छैन भने तपाईको सिडी आरडब्लु ड्राइभसँगै आउने सीडीमा रहेको हुन्छ नेरो । (more…)
March 30, 2008
याहु म्यासेन्जरको च्याटमा एउटै विण्डोमा च्यट कसरी गर्ने त ? याहुको यो सुविधा प्रयोग गर्नको लागि तल दिएको लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।

(more…)