April 13, 2008

२५ दिन चल्छ मोवाइलको व्याट्री

Filed under: Mobile — admin @ 9:25 pm

intex in2020इन्टेक्स मोवाइलको बारेमा सायद धेरैलाई थाहा नहुन सक्छ किनकी यसको बजार खासै छैन । इन्टेक्सका अन्य सामानहरु हामीले देखेपनि इन्टेक्सले मोवाइल पनि बनाउँछ भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्छ ।

तर इन्टेक्सको Intex IN2020 ले तपाईलाई अवश्य आश्चार्यमा पार्नेछ । यसको व्याट्रीले २५ दिनसम्मको स्ट्याण्डवाई दिने कुरा कम्पनीले जनाएको छ भने टकटाइम ७ घण्टासम्म हुने बताएको छ । यसमा 1500mAh पावरको व्याट्री लगाइएको छ । भारतिय बजारमा भारु २००० मुल्य तोकिएको यो मोवाइललाई नेपाली बजारमा भने कतिमा विक्रि गरिने हो त्यो भने यसै भन्न सकिन्न । सामान्य मोवाइल भएपनि यसको व्याट्रीको कारण यो मोवाइलले बजार लिन नसक्ला भन्न सकिन्न।

April 8, 2008

एउटै जिमेल एकाएण्टबाट धेरै आइडी कसरी बनाउने

Filed under: Trick — admin @ 2:09 am

गुगल जिमेलले एउटा गजवको कुरा लुकाएर राखेको रहेछ । एउटै जिमेल एकाएण्टलाई धेरै बनाउन सकिने रहेछ । तपाईसँग जिमेलको एकाउण्ट छ your.name भने त्यसलाई तपाई विभिन्न किसिमबाट त्यस एकाउण्टलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ । जस्तै your.name, yourname, yourname+yourcast आदि आदि।

उदाहरण हेर्नुहोस तलको स्क्रिनसटमा
gmail account

मैले बेनीअनलाइनको जिमेल एकाउण्टबाट मेरो जिमेलको एकाउण्ट harikarki2003+hi मा इमेल गरेको छु । तपाईलाई लाग्न सक्छ कि harikarki2003+hi पनि जिमेल एकाउण्ट होला र ?

फेरी हेर्नुहोस इमेल गएको छ कि छैन मेरो जिमेलमा तलको तस्विरमा इमेल गएको छ ।

gmail account

यसको मतलव (more…)

April 7, 2008

कसरी थाहा पाउने कम्प्युटरको जन्मपात्रो ?

Filed under: Trick — admin @ 12:57 am

तपाई आफ्नो कप्युटरको डिटेल इन्फर्मेशन पाउन चाहनुहुन्छ भने एउटा सजिलो उपाय यहाँ प्रस्तुत गरेको छु ।

सबैभन्दा पहिला Start बाट Run मा जानुहोस र CMD टाइप गरि इन्टर गर्नुहोस ।

Windows Start Menu

run command

अव खोलिएको कमाण्डमा systeminfo टाइप गरि इन्टर गर्नुहोस अनि हेर्नुहोस आफ्नो कम्प्युटरको आन्द्राभुँडी ।

system info

sysdetail.JPG

यो प्रयोग Windows XP मा काम गर्छ तर अरु विण्डोजमा गर्छ या गर्दैन हेर्नुहोला ।

April 5, 2008

विना फन्ट बनाउनुहोस आकर्षक लोगोहरु

Filed under: Useful site — admin @ 8:43 pm

यदि तपाई फोटोसपबाट लोगो डिजाइन गर्दै हुनुहुन्छ तर राम्रा फन्टहरु छैनन, या तपाईसँग फोटोसप छैन या तपाई फोटोसप चलाउन जान्नुहुन्न । यो कुनै समस्या नै हैन किनकी यसको समाधान लिएर आएको छ कुलटेक्स्टले । यसमा विभिन्न डिजाइनका लोगोहरु छन जसमा तपाई मन परेको लोगो निशुल्क बनाउन सक्नुहुन्छ ।

April 2, 2008

आफुलाई मन परेको ब्लग कसरी सुन्ने ?

Filed under: Trick — admin @ 10:15 pm

आज केहि हिन्दी ब्लगहरु हेरिरहेको थिंए । उनीहरु ब्लगमा धेरै अगाडी पुगिसकेका छन् । नेपाली ब्लगरहरु औंलामा गन्न सकिने छन तर हिन्दी ब्लगरहरु गनेर नसकिने रहेछन । त्यसैले होला हिन्दी ब्लगर तथा पाठकहरुका लागि समेत धेरै सुविधाहरु हिन्दीमा उपलब्ध रहेका छन् ।

अव लागौं मुख्य कुरातिर । के तपाईलाई ब्लग पढ्न अल्छी लागेको छ र त्यसलाई सुन्न चाहनुहुन्छ?  अंग्रेजी ब्लग मात्र होइन अव नेपाली ब्लग पनि सुन्न सकिन्छ अनलाइनमा । (more…)

एउटै सिडीमा कसरी धेरैपटक राइट गर्न सकिन्छ ।

Filed under: Trick — admin @ 9:39 pm

साधारणतया हामीहरु एउटा सिडीमा फेरी डाटाहरु राख्नुपर्यो भने CD-RW प्रयोग गर्छौं । तर साधारण R सिडीलाई पनि धेरैपटक प्रयोग गर्न सकिन्छ । यसबाट तपाईसँग भएको ७०० एमवीको सिडीमा धोरै धोरै फाइलहरु पछिसम्म भरेर राख्न सकिन्छ । अथवा त्यसलाई सिडिबाट मेटाउन पनि सकिन्छ। त्यसका लागि तपाईसँग हुनुपर्नेछ NERO सफ्टवेयर आवश्यक पर्छ। यदि तपाईसँग नेरो सफ्टवेयर छैन भने तपाईको सिडी आरडब्लु ड्राइभसँगै आउने सीडीमा रहेको हुन्छ नेरो । (more…)

March 31, 2008

विटा सफ्टवेयरको धमाका!

Filed under: Software — admin @ 12:47 am

आज केहि विटा सफ्टवेयरहरुका बारेमा लेख्न गैरहेको छु । जुन सफ्टवेयरहरु साच्चै नै उपयोगी हुनेछन तपाइका लागि ।

मैले आज कुरा गर्ने विटा सफ्टवेयरहरु

इन्टरनेट एक्प्लोरर ८.० विटा फर वेव डिजाइनर्स एण्ड डेवलपर्स

फायरफक्स 3.0 विटा

याहु म्यासेन्जर 9.0 विटा

उवन्टु लिनक्स 8.04 विटा

माइक्रोसफ्ट एक्सप्रेसन स्टुडियो 2 विटा

इन्टरनेट एक्प्लोरर ८.० विटा फर वेव डिजाइनर्स एण्ड डेवलपर्सः कुरा सुरु Internet Explorer 8.0 Betaगरौं पहिला (more…)

March 30, 2008

ब्लुटुथ आइडी कार्ड

Filed under: Mobile — admin @ 2:07 am

Iqua Smart Badge BHS-608तस्विरमा देखिने Iqua Smart Badge BHS-608 एक नविनतम ब्लुटुथ डिभाइस हेर्दा जति स्टाइलिस लुक छ त्यतिकै स्टाइलिस रहेको छ ।

यसले गर्ने कामः साधारण आइडी कार्ड जस्तो देखिने यो हो ब्लुटुथ हेन्ड्सफ्री डिभाइस जसले साधारणतया ब्लुटुथ डिभाइसले गर्ने काम भन्दा भिन्दै काम गर्छ । भाइब्रेसन युक्त यो डिभाइसको ४० घण्टा टकटाइम तथा ६०० घण्टाको स्ट्याण्डबाई टाइम नै पुरा छ यसको परिचयको लागि ।

ब्लुटुथ भएका कुनैपनि मोवाइल या डिभाइससँगै सिधै सम्पर्क राख्ने यो डिभाइसमा भ्वाइसकल एलर्ट र

अटो अन अफ सुविधा पनि रहेको छ । यो डिभाइसले एकै साथ ८ वटा डिभाइसहरु सँग सम्पर्क राख्न सक्छ जसबाट ग्रुप कम्फरेन्स गर्न समेत सकिन्छ । तर यो डिभाइस अहिले अमेरिकाको बजारमा मात्र सिमित छ । ७९$ यसको मुल्य रहेको छ जुन साधारणतया त्यहि महँगो भने होइन यसको सुविधाको तुलनामा ।

याहु ट्याव (सबैसँगै एउटै विण्डोमा च्याट कसरी गर्ने)

Filed under: Trick — admin @ 1:04 am

याहु म्यासेन्जरको च्याटमा एउटै विण्डोमा च्यट कसरी गर्ने त ? याहुको यो सुविधा प्रयोग गर्नको लागि तल दिएको लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।

Yahoo Tab Chat

(more…)

March 29, 2008

अव मसी चहिने भएन प्रिन्टरमा

Filed under: Uncategorized — admin @ 5:17 am

zink_prinbter.jpgपोलोराइड! यो नाम सायद धेरैले सुनेको हुनुपर्छ । यो क्यामेराले तस्विर खिच्दासाथ तत्कालै क्यामेराबाटै तस्विर निस्कने टेक्नोलोजी हो । इंकजेट प्रिन्टरले बजार जमाउनु अघि यसले बजार लिएको थियो । तर इंकजेट प्रिन्टरले यसलाई ओझेलमा पारिरहेको बेला यो नयाँ प्रविधि र उच्च क्वालिटिमा बजारमा आँउदैछ ।
यो एक सानो हत्केलामा अटाउने ग्याजेट हो जसले निकै (more…)

Main Menu

September 2008
M T W T F S S
« May    
1234567
891011121314
15161718192021
22232425262728
2930  
Yahoo Messenger
Fatal error: Unknown function: get_ym_status() in /home/sajha/public_html/wp-content/themes/thebluemountain/sidebar.php on line 79